आज देशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं, ७ माघ – जल तथा मौसम पूर्वानुमान महाशाखालेहाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । उक्त प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको महाशाखाको भनाइ छ ।

अहिले बाग्मती तथा प्रदेश नं १ का थोरै स्थानहरुमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । त्यसैगरी, पश्चिम र पूर्वी तराई भेगमा हुस्सु लागेको महाशाखाको भनाइ छ ।

आज देशका अधिकांश पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । महाशाखाका अनुसार देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ। आज राति देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्यतया बदली रहने र तराईका भू–भागमा भने सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षा र उच्चपहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ ।

Facebook Comments Box