काठमाडौं उपत्यकामा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३७ हजार नाघ्याे

काठमाडौँ, ६ माघ – काठमाडौं उपत्यकामा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ३७ हजार नाघेको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ गरी ३७ हजार ९३ जना सक्रिय संक्रमित रहेका छन्।

आज काठमाडौंमा ५ हजार १, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जना गरी ५ हजार ९८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। आज देशभर १२ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको छ भने ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन्।

Facebook Comments Box