कैंचीले हानेर एक जनाको हत्या

काठमाडौं, ३ माघ -को चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा कैंचीले हानेर एक जनाको हत्या गरिएको छ। अर्का घाइते भएका छन्। प्रहरीका अनुसार साथीसाथीबीच झगडा हुँदा कैंचीले हान्दा काठमाडौंकै मातातीर्थ घर भई गुर्जुधारा बस्ने २७ वर्षीय रोशन रिजालको मृत्यु भएको हो।

डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार हत्यामा संलग्न दुई दाजुभाइ अनुज र अशोक बस्नेतलाई पक्राउ गरिएको छ। घाइतेको उपचार जारी छ भने शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box