आज उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना

काठमाडौँ, २ माघ – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको जनाएको छ । महाशाखाका अनुसार पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा प्रदेशमा आंशिक बदली रहनेछ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ । आइतबार राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

Facebook Comments Box