काठमाडौँ उपत्यकामा २ हजार २१९ जना सहित देशभर ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १ माघ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार २१९ जना सहित देशभर थप ४ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा १० हजार ४१२ आरटी पीसीआर तथा ४ हजार १४४ एन्टीजेन परिक्षण सहित १४ हजार ५५६ जनाको परिक्षण गर्दा थप ४ हजार ६३६ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ५० हजार २४५ रहेको छ भने सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३५० जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १६ हजार ३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६१७ रहेको छ ।

Facebook Comments Box