सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज नवौं चरणका दुई खेल हुँदै

काठमाडौँ, १ माघ – सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज नवौं चरणका दुई खेल हुँदै छन्। दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो १ बजे फेन्ड्स क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ।

लिगमा ८ खेलबाट १४ अंकसहित आर्मी चौथो स्थानमा छ भने लिगका पुछारमा रहेको फ्रेन्ड्स क्लबले समान खेलबाट केवल ३ अंक हात पारेको छ। त्यस्तै आजै हुने दोस्रो खेलमा पौने ५ बजे थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

लिगको तेस्रो स्थानमा रहेको संकटाले ८ खेलबाट १४ अंक जोडेको छ भने थ्री स्टार समान खेलबाट १३ अंकका साथ पाँचौं स्थानमा छ।

Facebook Comments Box