नारायणी नदीले सतर्कता बिन्दु पार, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ, २४ साउन – नारायणी नदीले चितवनस्थित मापन केन्द्रमा सतर्कता बिन्दु पार गरेको छ। जल मापन केन्द्र देवघाटकाअनुसार नदीले मंगलबार साँझ ७ बजे सतर्कता विन्दु पार गरेको हो। देवघाटको जल मापन केन्द्रकाअनुसार नारायणीमा ७ दशमलव ३९ मिटर पानीको सतह रहेको छ।
देवघाटमा सात दशमलव ३ मिटर पानीको सहत पुग्दा सतर्कता तह मानिन्छ। नदीमा यस वर्षकै उच्च पानीको सतह पुगेको मापद केन्द्रले जनाएको छ। नारायणीको जल मापन केन्द्रमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ।पानीको सहत निरन्तर बढ्दै गएपछि तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।
नारायणी जलाधार क्षेत्रमा भारी वर्षा भइरहेको छ। अझै वर्षा हुने मौसम पूर्वामानुमान महाशाखाले जनाएको छ। विभागले चितवन र नवलपरासीको तटीय क्षेत्रबासीले बुधबारसम्म उच्च सतर्कता अपनाउन पनि विभागले सबैलाई आग्रह गरेको छ।

