विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै रहने प्रक्षेपण
काठमाडौं, २८ पुस – विश्व बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ। विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदन सार्वजनिक गर्दै उक्त प्रक्षेपण गरेको हो।
यसअनुसार दक्षिण एसियाको समग्र आर्थिक वृद्धिदर भने ७.६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। त्यसपछि सन् २०२३ मा यस क्षेत्रको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुनसक्ने प्रक्षेपण पनि गरिएको छ।
नेपालको हकमा कृषिक्षेत्रको आउटपुट राम्रो रहँदा उक्त वृद्धिदर हासिल हुनसक्ने प्रक्षेपण गरिएको विश्व बैंकले जनाएको छ। खोप अभियानमा सुधार र सेवा क्षेत्रको योगदान पनि यसमा रहनेछ।
Facebook Comments Box

