जापानले गैर आवासीय नागरिकलाई प्रवेशमा रोक
जापान, २८ पुस – जापानले गैर आवासीय नागरिकलाई आउँदो फेब्रुअरी अन्त्यसम्म जापान प्रवेशमा रोक लगानाउने भएको छ । जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना महामारीका कारण विदेशीलाई फेब्रुअरी अन्त्य सम्ममा प्रवेशमा रोक लगाउने जानकारी दिए ।
जापानमा पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै जापानमा ६ हजार ४ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमणलाई मध्यनजर गर्दै जापानले देशब्यापी खोप अभियान चलाएको छ ।
Facebook Comments Box

