काठमाडौँ उपत्यकामा ८ सय ७६ जना सहित देशभर थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २६ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ८ सय ७६ जना सहित देशभर थप १ हजार ४४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ८ हजार ९६५ आरटी पीसीआर तथा २ हजार ४६४ एन्टीजेन परिक्षण सहित ११ हजार ४२९ जनाको परिक्षण गर्दा थप १ हजार ४४६ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २५५ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १४ हजार ४८५ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६०६ रहेको छ ।

Facebook Comments Box