पुस २७ गतेदेखि ललितपुर जिल्लामा रहेका विद्यालयहरुमा फाइजर खोप अभियान सञ्चालन हुने

ललितपुर, २५ पुस – ललितपुर जिल्लामा रहेका विद्यालयहरुमा फाइजर खोप अभियान सञ्चालन हुने भएको छ। पुस २७ गतेदेखि १ हप्तासम्म अभियान सञ्चालन हुने ललितपुर जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सतिश विष्टले जानकारी दिए।

उनका अनुसार ललितपुर जिल्लाको ६ वटा स्थानीय तहमा रहेका ३ सय ७३ वटा विद्यालयका १२ देखि १७ वर्ष उमेर समुहका बालबालिकाहरूलाई खोप लगाइने भएको हो।

खोप अभियान सञ्चालन गर्ने क्रममा उमेर खुलेको कागजात नभएका बालबालिकालाई पनि सम्बन्धित व्यक्तिको सिफारिसमा स्वास्थ्यकर्मीले यकिन गरि खोप दिने व्यवस्था गरिएको उनले बताए।

हप्ताको अन्तिम दिन विद्यालयमा छुटेका अथवा स्कुल बाहिरका बालबालिकाहरुका लागि स्वास्थ्य संस्थामा नै खोप लाउने व्यवस्था गरिएको प्रमुख विष्टले बताए।

Facebook Comments Box