ललिता निवास जग्गा प्रकरण : सुवेदी दम्पतीलाई पाँच दिन थुनामा राख्न आदेश
काठमाडौं, ७ पुस – ललिता निवासको जग्गामा हिनामिना प्रकरणका मुख्य आरोपी रामकुमार सुवेदी र उनकी पत्नी माधवी सुवेदीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सुवेदी दम्पतीलाई मंगलबार राति स्वयम्भूबाट पक्राउ गरेको थियो। पक्राउ परेका सुवेदी ललिता निवास जग्गा हिनामिना प्रकरणका ’मुख्य योजनाकार’ हुन् ।
सीआईबीले बुधबार बिहान सरकारी कार्यालय खुले लगत्तै म्याद थपका लागि जिल्ला काठमाडौंमा उपस्थित गराएको थियो। त्यसपछि अदालतले दुवै जनालाई पाँच दिन थुनामा राख्न अनुमति दिएको सीआईबीले जनाएको छ।
Facebook Comments Box

