शहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ सँग च्यासल ५–० ले पराजित

पोखरा, २४ पुस – मनाङ मर्स्याङ्दी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा घरेलु मैदानमा भएका तीनै खेल जित निकालेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा च्यासल युथ क्लबलाईच्यासल को फराकिलो गोल अन्तरले पराजित गर्दै मनाङ लिगको दोश्रो स्थानमा उक्लिएको हो ।

ओलावाले अफिजको ह्याट्रिकमा मनाङले शानदार जित निकालेको हो । जारी लिगमा ओलावालेले दोस्रो ह्याट्रिक गरेका हुन् । यसअघि सातदोबाटो युथ क्लबका अजायी मार्टिनले एपीएफ फुटबल क्लबविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए ।

मनाङका लागि आडेलाजा सोमिडे र दीनेश राजवंशीले समान १ गोल गरे । पहिलो हाफमा २–० ले अग्रता बनाएको मनाङले दोस्रो हाफमा ३ गोल थप्यो । जारी लिगमा मनाङको यो छैटौं जित हो । लिगमा पाँचौं हार भोगेको च्यासल पुच्छारबाट दोस्रो स्थानमा छ ।

Facebook Comments Box