काठमाडौँ उपत्यकामा ४ सय ८१ जना सहित देशभर थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ पुस – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४ सय ८१ जना सहित देशभर थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ७६२ आरटी पीसीआर तथा ३ हजार ५०२ एन्टीजेन परिक्षण सहित १३ हजार २६४ जनाको परिक्षण गर्दा थप ९४४ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २८ हजार ८३७ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार १४० रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २९७ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख १४ हजार ६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्युको संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ६०२ रहेको छ ।

Facebook Comments Box