पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २१ जनामा कारोना भाइरस सङ्क्रमण पुष्टि

विराटनगर, २१ पुस – पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा मोरङमा सबैभन्दा बढी १४ जनामा कारोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सोही अवधिमा सुनसरीमा तीन, झापामा दुई, उदयपुर र प्रदेश बाहिरका एक/एक गरी २१ जना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयमा अनुसार ३५७ जनाको पीसीआर परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेशमा आजै पाँच महिलासहित ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् एक जना पुरुषको मृत्यु भएको र अझै प्रदेशमा १४४ जना सक्रिया सङ्क्रमित रहेको जनाइएको छ ।

Facebook Comments Box