अटो दुर्घटना हुँदा चालकको मृत्यु

रोल्पा, १९ पुस – रोल्पामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रोल्पा नगरपालिका–९ ह्वामाबाट लिबाङ आउँदै गरेको रा १ ह ३०५१ नम्बरको अटो दुर्घटना हुँदा त्यसका चालक रुन्टीगढी गाउँपालिका ९ सखीका ३४ वर्षीय खुम रोकाको मृत्यु भएको हो।

उनी केही दिनअघि मात्रै विदेशबाट फर्किएका आफन्तले बताएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष केसीका अनुसार सदरमुकाम लिबाङबाट यात्रु लिएर फर्कने क्रममा अटो दुर्घटनामा परेको हो।

Facebook Comments Box