नेकपा एमाले भोजपुरको जिल्ला अधिवेशन पुस २३-२४ मा हुने

भोजपुर, ८ पुस – नेकपा एमाले भोजपुरको जिल्ला अधिवेशन पुस २३-२४ मा हुने भएको छ । जिल्ला कमिटीको बुधबारको बैठकले अधिवेशन २ दिन गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला अधिवेशनकेन्द्रित रहेर विभिन्न उपसमितिसमेत गठन गरेको छ ।

अध्यक्ष प्रेमकुमार राईको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन र राजनीतिक/सांगठानिक प्रतिवेदन समिति, उपाध्यक्ष शरणकुमार राईको संयोजकत्वमा स्वयंसेवक परिचालन र सचिव मक्कर खड्काको संयोजकत्वमा प्रचारप्रसार उपसमिति बनाइएको छ ।

सहसचिव धर्म किरातीको संयोजकत्वमा खाना आवास र संगठन विभाग प्रमुख किरण राईको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति बनाइएको छ ।

अधिवेशनमा आयोजक, वडा र जनवर्गीय संगठन गरेर करिब १४ सय प्रतिनिधि सहभागी हुने सचिव मक्कर खड्काले बताए ।अधिवेशनमा स्थायी कमिटी सदस्य शेरधन राई, भोजपुर इन्चार्ज हरिबहादुर राईलगायतका केन्द्रीय नेता सहभागी हुने छन् ।

Facebook Comments Box