बर्दियामा ५ दिनदेखि हराइरहेकी बालिकाको शव फेला
बर्दिया, ७ पुष – बर्दियामा ५ दिनदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ। पुस ३ गतेदेखि हराइरहेकी बर्दिया नगरपालिका ८ औरका विष्णु खनालकी ६ वर्षीया छोरी देविकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक चक्रबहादुर डमर पालले जानकारी दिए।
विष्णुले छोरी हराएको भन्दै पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। यसअघि प्रहरीले विभिन्न ठाउँमा खोज्दा पनि फेला नपरेपछि बुधबार बबई सिंचाई आयोजनाको नहरमा खोजिएको थियो।
नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलिले बबई सिंचाई आयोजनाको नहरमा उनको शव फेला पारेको हो। घरदेखि अन्दाजी ५०० मिटर पश्चिममा रहेको बबई सिंचाई आयोजनाको नहरको अन्डर ग्राउन्ड भित्र बालिकाको शव फेला परेको प्रहरी निरीक्षक डमर पालले जानकारी दिए।
Facebook Comments Box

