काठमाडौँ उपत्यकामा १४७ जना सहित देशभर थप २६४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २८ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४७ जना सहित देशभर थप २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १०९, भक्तपुरमा ८ र ललितपुरमा ३० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ३९२ आरटी पीसीआर तथा ४ हजार ३१७ एन्टीजेन परिक्षण सहित १३ हजार ७०९ जनाको परिक्षण गर्दा २६४ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ६०९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेको छ । यसैगरी,पछिल्लो २४ घण्टामा थप ३६२ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख ७ हजार ५१६ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जानाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५५९ रहेको छ ।

