चालू आर्थिक वर्षकाे पहिलो सात महिनामा १२ अर्ब ४६ करोड मूल्य बराबरकाे धान आयात

काठमाडौं, २८ फागुन – चालू आर्थिक वर्षको पहिलो सात महिनामा १२ अर्ब ४६ करोड ३४ लाख मूल्य बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।

सो अवधिमा बङ्गलादेशबाट रु १४ हजार मूल्य बराबरका १६ केजी र भारतबाट तीन करोड २१ लाख ५२ हजार मूल्य बराबरका ११ लाख तीन केजी विभिन्न जातका धानका बीउ आयात भएको छ ।

केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले जनाएको छ ।

Facebook Comments Box