एमाले अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई अमेरिकाले दियो बधाई

काठमाडौँ, १५ मङ्सिर – दोस्रो कार्यकाल एमाले अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीलाई अमेरिकाले बधाई दिएको छ। यससँगै ओलीलाई बधाई दिने पहिलो राष्ट्र पनि अमेरिका नै बनेको छ। चितवनमा भएको दसौँ महाधिवेशनबाट दोस्रो कार्यकाललाई अध्यक्ष बनेको भोलिपल्टै अमेरिकाले ‌ओलीलाई बधाई तथा शुभकामना दिएको हो।

काठमाडौंस्थित अमेरिकी दूतावासले ओलीलाई बधाई दिँदै लोकतन्त्र, पारदर्शिता, उत्तरदायित्व, निष्पक्ष र धाँधलीरहित चुनावको पक्षमा आफू रहेको पनि जनाएको छ। ओली चितवनमा मंगलबार सम्पन्न महाधिवेशनबाट अत्यधिक मतसहित अध्यक्षमा निर्वाचित भएर बुधबार काठमाडौं आइपुगेका छन्।

Facebook Comments Box