काठमाडौँ उपत्यकामा १ सय १५ जना सहित देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १३ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय १५ जना सहित देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ७८, भक्तपुरमा ७ र ललितपुरमा ३० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार २३१ आरटी पीसीआर तथा २ हजार ६५७ एन्टीजेन परिक्षण सहित ९ हजार ८८८ जनाको परिक्षण गर्दा २५९ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ६०९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ९४४ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख २ हजार ६५३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५२४ रहेको छ ।

