काठमाडौँ उपत्यकामा ६१ जना सहित देशभर थप १५८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, १२ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६१ जना सहित देशभर थप १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४२, भक्तपुरमा ६ र ललितपुरमा १३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ६०४ आरटी पीसीआर तथा २ हजार ३१४ एन्टीजेन परिक्षण सहित ८ हजार ९१८ जनाको परिक्षण गर्दा थप १५८ जानामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १६ हजार ३५० रहेको छ भने सक्रिय संक्रमितको संख्या ६ हजार ९६६ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ३४२ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५२३ रहेको छ

