काठमाडौँ उपत्यकामा १ सय ७० जना सहित देशभर थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ६ मङ्सिर – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ७० जना सहित देशभर थप ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२४, भक्तपुरमा १० र ललितपुरमा ३६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ९२१ आरटी पीसीआर तथा २ हजार ७७६ एन्टीजेन परिक्षण सहित १२ हजार ६९७ जनाको परिक्षण गर्दा ३८५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १४ हजार ७१८ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार २६९ रहेको छ । यसैगरी, पछिल्लो २४घण्टामा थप २५८ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ६१७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ५०० रहेको छ ।

