सहिद स्मारक ’ए’ डिभिजन लिगमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा

काठमाडौँ, ३ मङ्सिर – सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीचको खेल बराबरीमा सकिएको छ । दुबै टोली लाई राम्रो मौका मिले पनि गोल भने गर्न सकेन्न ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाएको जनाएको छ।  नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् । लिगको विजेताले नगद ७५ लाख पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख प्राप्त गर्नेछ ।

लिग सुरु हुनुअघि बिहीबार प्रि–लिग कन्फ्रेन्स आयोजना भएको थियो । जसमा १३ क्लबका प्रशिक्षक र कप्तानले तयारीबारे बोलेका थिए । हिमालयन शेर्पा क्लब भने प्राविधिक कारणले उपस्थित नभएको एन्फाले जनाएको छ ।

साविक विजेता मछिन्द्र फुटबल क्लबसँगै साविक उपविजेता त्रिभुवन आर्मी उपाधिको मुख्य दाबेदारको रुपमा देखिएका छन् । मछिन्द्रले उपाधि रक्षा गर्ने टार्गेट राख्दा आर्मीले पहिलो उपाधिकै खोजीमा छ ।

यस्तै सर्वाधिक ८ पटकको च्याम्पियन मनाङले पनि अर्को उपाधि जित्ने लक्ष्य राखेको छ । अर्को प्रतिष्ठित क्लब थ्री स्टारले पनि उपाधिकै लागि प्रतिस्पर्धा गर्ने जनाएको छ । नेपाल पुलिस क्लब र संकटा क्लब र एनआरटीले पनि राम्रो स्थानमा लिग सकाउने लक्ष्य राखेको जनाएका छन् ।

Facebook Comments Box