काठमाडौँ उपत्यकामा १८७ जना सहित देशभर थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २९ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १८७ जना सहित देशभर थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२६, भक्तपुरमा १८ र ललितपुरमा ४३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ७ हजार ५४४ आरटी पीसीआर तथा ४ हजार ८४८ एन्टीजेन परिक्षण सहित १२ हजार ४०२ जनाको परिक्षण गर्दा ४१६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख १३ हजार ६९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ३११ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २७० जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ ।

यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४७८ रहेको छ ।

Facebook Comments Box