नेकपा एमालेको १०औं महाधिवेशनका लागि 85 प्रतिशत प्रतिनिधि चयन

काठमाडौँ, २८ कात्तिक – नेकपा एमालेको १०औं महाधिवेशनका लागि 85 प्रतिशत प्रतिनिधि चयन भएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेश, जनसंगठन, विभाग, केन्द्रीय कार्यालय, प्रवास समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् ।

भट्टराईका अनुसार सुदूर पश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा प्रतिनिधि चयन भइसकेको छ भने कञ्‍चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रतिनिधि चयन प्रक्रिया जारी रहेको छ ।

चितवनमा हुने महाधिवेशनका लागि एमालले १ हजार ९ सय ९९ प्रतिनिधि हुने निर्णय गरेको छ । केन्द्रीय कमिटी र केन्द्रीय आयोगका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् ।

Facebook Comments Box