काठमाडौँ उपत्यकामा १७१ जना सहित देशभर थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २६ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १७१ जना सहित देशभर थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२५, भक्तपुरमा ४ र ललितपुरमा ४२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार १३४ आरटी पीसीआर तथा १ हजार ९३२ एन्टीजेन परिक्षण सहित ११ हजार ६६ जनाको परिक्षण गर्दा ३९७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ६५२ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ३८९ जना कोरोना संक्रमित निको भएका छन् ।
यो सँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४६९ रहेको छ ।

