काठमाडौँ उपत्यकामा १५३ जना सहित देशभर थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २५ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५३ जना सहित देशभर थप ३१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११०, भक्तपुरमा ७ र ललितपुरमा ३६ जनामा संक्रमण देखिएको छ ।
यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ६०९ आरटी पीसीआर तथा ३ हजार ४४ एन्टीजेन परिक्षण सहित १२ हजार ६५३ जनाको परिक्षण गर्दा ३१७ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ११ हजार ५५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ रहेको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४६६ रहेको छ ।

