काठमाडौँ उपत्यकामा २०२ जना सहित देशभर थप ४४० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २४ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २०२ जना सहित देशभर थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५५, भक्तपुरमा १५ र ललितपुरमा ३२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ५ हजार ४०७ आरटी पीसीआर तथा १ हजार ४०७ एन्टीजेन परिक्षण सहित ६ हजार ८१४ जनाको परिक्षण गर्दा ४४० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख १५ हजार ७५९ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ४७४ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९६ हजार ७८० पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४६० रहेको छ ।

