काठमाडौँ उपत्यकामा ११९ जना सहित देशभर थप १४३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २१ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११९ जना सहित देशभर थप १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८०, भक्तपुरमा ३ र ललितपुरमा ३६ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १ हजार ९८० आरटी पीसीआर तथा ५५३ एन्टीजेन परिक्षण सहित २ हजार ३३३ जनाको परिक्षण गर्दा थप १४३ जानामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ९ हजार ३७५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७ हजार ७१३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५६३ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९५ हजार ३९७ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४४८ रहेको छ

Facebook Comments Box