काठमाडौँ उपत्यकामा १७५ जना सहित देशभर थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १७ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १७५ जना सहित देशभर थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १३१, भक्तपुरमा १७ र ललितपुरमा २७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार ५७७ आरटी पीसीआर तथा ३ हजार ३३६ एन्टीजेन परिक्षण सहित ९ हजार ९१३ जनाको परिक्षण गर्दा थप ४४७ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार ५५४ रहेको छ भने सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ४३९ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ९३ हजार २७१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ४३४ रहेको छ

Facebook Comments Box