टी–२० क्रिकेट विश्वकपमा अष्ट्रेलिया सँग श्रीलंका ७ विकेटले पराजित

काठमाडौँ, १२ कात्तिक – जारी टी–२० क्रिकेट विश्वकप अन्तर्गत बिहीबार भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ।
यूएईको दुबईमा भएको खेलमा श्रीलंकाले दिएको १५५ रनको लक्ष्य अष्ट्रेलियाले १८ बल बाँकी छँदै ३ विकेट गुमाउँदै पूरा गरेको हो।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले सर्वाधिक ६५ रन बनाए भने आरोन फिन्चले ३७ रनको पाली खेले। यसअघि पहिला ब्याटिङ गरेको श्रीलंकालाई १५४ रनमा रोक्ने क्रममा एडम जाम्पा, प्याट कुमिन्स र मिचेल स्टार्कले समान दुई/दुई विकेट लिएका थिए।

श्रीलंकाका लागि कुशल परेरा र चरिथ असालन्काले समान ३५ रन बनाएका थिए भने भानुका राजपाक्षले अविजिति ३३ रन बनाएका थिए। यससँगै अष्ट्रेलियाले २ खेलबाट ४ अंक बनाएको छ। श्रीलंकाले दुई खेलबाट २ अंक हात पारेको छ।

Facebook Comments Box