भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफरिस
काठमाडौँ, ११ कात्तिक – सरकारले भारतसहित तीन महत्वपूर्ण देशमा राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफरिस गरेको हो।
मन्त्रिपरिषदले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्यलाई बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाको बेलायत भ्रमणको पूर्वसन्ध्यामा सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो।
Facebook Comments Box

