काठमाडौँ उपत्यकामा २३५ जना सहित देशभर थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, ९ कात्तिक – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३५ जना सहित देशभर थप ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७७, भक्तपुरमा २५ र ललितपुरमा ३३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ७७१ आरटी पीसीआर तथा २ हजार २४९ एन्टीजेन परिक्षण सहित १२ हजार २० जनाको परिक्षण गर्दा ६६६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ९ लाख ४ हजार ५१३ रहेको छ भने सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ६२२ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ८८ हजार ६३० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार ३७२ रहेको छ ।

Facebook Comments Box