पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा

काठमाडौँ, ८ कात्तिक – पूर्वी युरोपमा कोरोना संक्रमितको संख्या दुई करोड नाघेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आइतबार युरोपमा कोरोना संक्रमितको संख्या दुई करोड नाघेको हो।

पछिल्लो समय युरोपमा कोरोना संक्रमितको संख्या निरन्तर बढ्दो क्रममा छ। कोरोना भाइरसविरुद्धको खोप अभियानमा पछि पर्नुले पनि संक्रमण बढ्न सहयोग गरेको विशेषज्ञहरुले बताएका छन्।

अहिले युरोपका केही मुलुकमा जनसंख्याको आधा मानिसले पनि कोरोना खोप लगाएका छैनन्। समग्रमा युरोपमा ६२ प्रतिशत मानिसले कम्तीमा एक डोज कोरोना खोप पाए पनि युक्रेनमा कम्तीमा एक डोज कोरोना खोप पाउनेको संख्या केवल १९ प्रतिशत छ।

अहिले युरोपमा दैनिक ८३ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परिरहेका छन्। नयाँ संक्रमितको यो संख्या अघिल्लो वर्षको नोभेम्बरयताकै उच्च हो।पछिल्लो समय युरोपभर कोरोना नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध हटेसँगै संक्रमण बढेको विशेषज्ञहरुको भनाइ छ।

Facebook Comments Box