आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा

काठमाडौँ, २ कार्तिक – आज मंगलबार मुस्लिम समुदायलाई सरकारले सार्वजनिक बिदा दिएको छ। हिजो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्ती १४९६ को उपलक्ष्यमा आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन्।

यस्तै प्रदेश २ सरकारले पनि मुस्लिम धर्मावलम्बीका धर्मगुरु पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

Facebook Comments Box