काठमाडौँ उपत्यकामा २४३ जना सहित देशभर थप ५९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, २४ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २४३ जना सहित देशभर थप ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १७२, भक्तपुरमा १८ र ललितपुरमा ५३ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार २३७ आरटी पीसीआर तथा ३ हजार १६७ एन्टीजेन परिक्षण सहित १२ हजार ४०४ जनाको परिक्षण गर्दा थप ५९६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ९५ हजार १९२ रहेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार २४ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ७५ हजार ९४३ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार २३१ रहेको छ ।

Facebook Comments Box