काठमाडौँ उपत्यकामा २२७ जना सहित देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २३ असाेज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२७ जना सहित देशभर थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १४५, भक्तपुरमा २५ र ललितपुरमा ५७ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ६ हजार १६८ आरटी पीसीआर तथा ५ हजार ८६३ एन्टीजेन परिक्षण सहित १२ हजार ३१ जनाको परिक्षण गर्दा ७६० संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ९४ हजार ५९६ रहेको छ भने सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ८९९जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार २२१ रहेको छ ।

Facebook Comments Box