ईपीएलको फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्स सामु ११२ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, २३ असोज – बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्स सामु ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पोखराले बलिङ गर्दै १७.१ ओभरमा सबै खेलाडी गुमाएर १११ रन मात्र बनाएको हो । पोखराका लागि अस्ले गुणरत्नेले ३४ रिचर्ड लेभीले २६को योगदान दिनुभयो । चितवनका लागी कमल अ‍ैरीले ४ करिम जन्नत र सिकाग प्रसन्नाले २,२ विकेट लिनुभयो ।

दुवै टोली पहिलोपटक फाइनल पुगेकोले जसले जिते पनि यसपटक ईपीएलको नयाँ च्याम्पियन बन्नेछ । दोस्रो संस्करणको विजेता विराटनगर वारियर्स र तेस्रो संस्करणको विजेता ललितपुर प्याट्रिओट्स यसपटक लिग चरणबाटै बाहिरिसकेका छन् ।

चितवनले पहिलो क्वालिफायरमा पोखरालाई नै पारजित गरेर फाइनल पुगेको हो । पोखराले भने अर्को अवसरमा भैरहवा ग्लाडिएटर्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै चितवनसँग भेट पक्का गरेको हो ।

जितवन लिग चरणमा पाँचमध्ये चार खेल जित्दै ८ अंक जोडेर पहिलो भएको थियो भने पोखरा तीन जित र १ बराबरीबाट ७ अंक जोड्दै दोस्रो भएको थियो । लिगमा पोखरा चितवनसँग मात्र पराजित भएको थियो ।

Facebook Comments Box