आज देशभर आंशिक देखि सामान्य बदली रिह एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना

काठमाडौं, २० असोज – अहिले प्रदेश १ र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ। ‘यतिखेर तेह्रथुम, सुंखवासभा इटहरी, उदयपुर, काभ्रे, मकवानपुर, धादिङमा वर्षा भइरहेको छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘समग्रमा प्रदेश १ र बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ।’

मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक देखि सामान्य बदली हुनेछ। र, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

माैसमविद् राजु प्रधानांगका अनुसार यस क्रममा आज दिउँसो २ बजे आसपास काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ। ‘तर यो सम्भावना निकै कम देखिएको छ’, उनले भने।

महाशाखाको अनुसार आज राति देशभर आंशिकदेखि सामान्यसम्म बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुन सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टामा ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त स्थानका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।’

 

Facebook Comments Box