काठमाडौँ उपत्यकामा ३५९ जना सहित देशभर थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १५ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३५९ जना सहित देशभर थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ११३ आरटी पीसीआर तथा ३ हजार २५५ एन्टीजेन परिक्षण सहित १३ हजार ३८६ जनाको परिक्षण गर्दा थप १ हजार ६६ जनामा संक्रमण देखिएको हो ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ८७ हजार ६८० रहेको छ भने सक्रिय संक्रमितको संख्या १८ हजार ११५ रहेको छ ।यस्तै, पछिल्लो २४ घण्टामा थप ९३८ जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ६६ हजार ६९६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार १४८ रहेको छ

Facebook Comments Box