ईपीएल टी-२० क्रिकेटअन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ, १४ असोज – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेटअन्तर्गत आज दुई खेल हुँदै छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडाैँ किंग्स इलाभेन र चितवन टाइगर्स भिड्नेछन्। खेल बिहान साढे ९ बजे सुरु हुनेछ।

काठमाडौँ सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिनेछ भने चितवनको कमानी सोमपाल कामीले गर्नेछन्। काठमाडौँ र चितवन दुवै टोली दोस्रो जित हासिल गर्ने दाउमा छन्।

काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराएकाे थियो। उता चितवनले विराटनगर वारियर्सविरुद्ध २ विकेटको जित हासिल गरेकाे थियो।

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्स भिड्नेछन्। खेल सोही मैदानमा दिउँसो साढे १ बजे हुनेछ। भैरहवा दोस्रो जितको खोजीमा हुँदा ललितपुर पहिलो जितका लागि मैदान उत्रिँदै छ।

भैरहवाको कप्तानी शरद भेषवाकरले गर्नेछन्। बुधबार भएको पहिलो खेलमा विराटनगर वारियर्सलाई ६ विकेटले हराएको भैरहवाले पहिलो खेलमा पोखरा राइनोजसँग अंक बाँडेको थियो।

दुई खेलमा अंकविहीन ललितपुर पहिलो जितका लागि खेल्दै छ। पहिलो खेलमा काडमाडौँसँग हारेको ललितपुर दोस्रो खेलमा पनि पोखरा राइनोजसँग ९ विकटको हार भोगेको थियो।

Facebook Comments Box