आज देशभर मौसम सामान्य बदली रहि केहिस्थानमा हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना

काठमाडौँ, १४ असोज – यतिबेला रुकुम र अछाममा छिटफुट वर्षा भइरहेको छ। देशका अन्य स्थानमा अहिले कतै वर्षा नभएको मौसमविद् समीर श्रेष्ठले बताए। उनका अनुसार हाल देशका धेरैजसो स्थानमा सामान्य देखि पूर्ण बदली भएको छ।

आज दिउँसो देशभर मौसम सामान्य बदली रहनेछ भने प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ।

आज राति देशभर आंशिकदेखि सामान्यसम्म बदली हुनेछ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् श्रेष्ठका अनुसार आज दिउँसो वा साँझपख मेघगर्जनसहित मध्यमसम्मको क्षणिक वर्षा हुने सम्भावना छ।

Facebook Comments Box