आज देशभर मौसम सामान्य बदली रहनेछ,एक दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, ५ असोज – हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य मौसम बदली छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिक देखि सामान्यसम्म बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै अन्य प्रदेशमा मौसम आंशिक बदली छ।

महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

यस्तै आज देशभर मौसम सामान्य बदली रहनेछ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

Facebook Comments Box