काठमाडौँ उपत्यकामा ३९६ जना सहित देशभर थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, ४ असोज – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३९६ जना सहित देशभर थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार ७८६ आरटी पीसीआर तथा ३ हजार ३१ एन्टीजेन परिक्षण सहित १३ हजार ८१७ जनाको परिक्षण गर्दा १ हजार ९५ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ७४ हजार ६२९ रहेको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप २ हजार ९५७ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ६२ हजार १७० पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या ११ हजार २० रहेको छ ।

