आज देसका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना

काठमाडौँ, ३१ भदौ – हाल देशभर सामान्यदेखि पूर्णसम्म मौसम बदली छ भने लुम्बिनी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी परिरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षा पनि हुने सम्भावना छ।

यस्तै राति पनि गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

Facebook Comments Box