काठमाडौँ उपत्यकामा ४०४ जना सहित देशभर थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २९ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४०४ जना सहित देशभर थप १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २९४, भक्तपुरमा ४८ र ललितपुरमा ६२ जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा १० हजार २६६ आरटी पीसीआर तथा ४ हजार १७७ एन्टीजेन परिक्षण सहित १४ हजार ४४३ जनाको परिक्षण गर्दा १ हजार ५६२ जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ६६ हजार ९०५ रहेको छ भने सक्रिय संक्रमितको संख्या २६ हजार २०२ रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप १ हजार ५८९ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ९८४ रहेको छ ।

