पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित
काठमाडौं, ५ चैत – पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन्। मंगलबार साँझ सम्पन्न मतगणना अनुसार श्रेष्ठ १ हजार १ सय २ मतसहित विजयी भएका हुन्। पुल्चोक क्याम्पसमा ३ हजार ८०७ जना मतदाता छन्।
उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारीका उम्मेदवार रसिक लम्सालले ७१० मत ल्याएका छन्। यस्तै, सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटाले १०६४ मत ल्याएर निर्वाचित भएका छन्। कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकालले १०४२ मत ल्याएर निर्वाचित भएका छन्।
Facebook Comments Box

