काठमाडौँ उपत्यकामा ५६८ जना सहित देशभर थप १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, २३ भदौ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५६८ जना सहित देशभर थप १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३४९, भक्तपुरमा ६९ र ललितपुरमा १५० जनामा संक्रमण देखिएको छ । यस्तै, देशभरको प्रयोगशालामा ९ हजार ७६७ आरटी पीसीआर तथा ३ हजार ६८८ एन्टीजेन परिक्षण सहित १३ हजार ४५५ जनाको परिक्षण गर्दा १ हजार ६४० जनामा संक्रमण देखिएको हो ।
यो सँगै कोरोना संक्रमितको कुल संख्या ८ लाख ५९ हजार ५३५ रहेको छ भने सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप २ हजार १६१ जना कोरोना संक्रमित निको भएका छन् ।
योसँगै कोरोनामुक्त हुनेको संख्या ७ लाख ३३ हजार १६१ पुगेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी संक्रमण बाट अहिलेसम्म मृत्यु हुनेको कुल संख्या १० हजार ८८९ रहेको छ

